• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    जुवा खालबाट २६ जना पक्राउ, २ लाख ६२ हजार नगद बरामद

    350
    SHARES

    काठमाडौं । देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २६ जनालाई पक्राउ गरेको छ। दाङ, महोत्तरी र झापाका फरक–फरक स्थानबाट पक्राउ परेकामाथि प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

    पक्राउ परेकासँग २ लाख ६२ हजार ८०० रुपैयाँ नगद र तास–कौडा सामग्रीहरू बरामद गरिएको हो। दाङको घोराही उपमहानगरपालिका–१८ कात्तिके डाँडास्थित कालिका सामुदायिक वनको प्रतिक्षालयमा जुवा खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–१० खैरा बस्ने ३२ वर्षीय विर बहादुर बुढा मगरसहित पाँच जना बिहीबार राति पक्राउ परेका हुन्।

    वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको टोलीले उनीहरूबाट नगद ५५ हजार २ सय रुपैयाँ र १२ बुक तास बरामद गरेको छ। यसैगरी, महोत्तरीको बर्दिबास नगरपालिका–५ टुटेश्वर मन्दिर परिसरमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका–११ बस्ने ३८ वर्षीय टिका बहादुर किङरिङसहित १२ जना पक्राउ परेका छन्।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको टोलीले उनीहरूबाट १ लाख ३२ हजार रुपैयाँ र २६ थान कौडा बरामद गरेको जनाएको छ। त्यस्तै, झापाको बिर्तामोड नगरपालिका–४ पश्चिम स्टेनस्थित डेरामा बाह्रदशी गाउँपालिका–४ का २९ वर्षीय राजकुमार साहको कोठामा जुवातास खेलिरहेको अवस्थामा राजकुमारसहित ९ जना पक्राउ परेका छन्।

    इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले उनीहरूबाट ७५ हजार ६ सय रुपैयाँ नगद र ७ बुक तास बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेकामाथि जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ