• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    जनकपुरस्थित एमाले नेता रघुवीर महासेठको घर र मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा

    353
    SHARES

    काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठको जनकपुरस्थित घरमा प्रदर्शनकारीले ढुङ्गामुढा गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ भरमपुरीस्थित रहेको नेता महासेठको घरमाथि प्रदर्शनकारीहरूले ढुङ्गामुढा गरेका हुन् ।

    जेनजीहरूले गरेको प्रदर्शनको दोस्रो दिन प्रदर्शनकारीहरूले राजनीतिक दलका नेताहरूको निजी निवास र सरकारी कार्यालयहरूलाई लक्षित गरी ढुंगामुढा एवं आगजनीहरू गरिरहेका छन् ।

    यस्तै जनकपुरधामस्थित मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा प्रहार भएको छ । मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका युवाहरूले केहीबेरअघि मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा गरेका हुन् ।

    यसअघि काठमाडौंमा प्रदर्शनकारीहरूले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा पनि ढुंगामुढा गरेका थिए ।

    त्यस्तै काठमाडौंको साँखुस्थित प्रहरी प्रभाव कार्यालयमा प्रदर्शकारीहरूले तोडफोड गरेका छन् । अहिले साँखुमा प्रदर्शन चर्को बन्दै गएको छ ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ