• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    सर्वदलीय बैठकमा दलहरूबीच निर्वाचनमा सहमति, सुरक्षामा गम्भीर चासो

    347
    SHARES

    काठमाडौं । आगामी निर्वाचन तयारीका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलहरूले चुनावी सुरक्षाबारे गम्भीर चासो व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको बैठकमा प्रमुख दलका शीर्ष नेताहरू सहभागी थिए । बैठकमा दलका नेताहरूले पालैपालो आफ्नो धारणा राख्ने क्रममा आगामी निर्वाचनमा जानु सबैको साझा सहमति रहेको बताए पनि निर्वाचनको निष्पक्षता र सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन् ।

    सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार, “निर्वाचनमा जाने कुरामा सबै दलबीच सहमति देखिएको छ । तर, सुरक्षित र निस्पक्ष वातावरण सिर्जना गर्न सरकार जिम्मेवार हुनुपर्छ भन्ने कुरा सबैले जोड दिएका छन्,” उनले बताए ।

    बैठकमा सहभागी नेताहरूले देशभर बढ्दै गएको असुरक्षा, अपराधजन्य घटना र प्रशासनिक तयारीको कमजोरीले निर्वाचन प्रक्रियामा असर पार्न सक्ने चिन्ता व्यक्त गरेका थिए । उनीहरूका अनुसार निर्वाचनका बेला हिंसात्मक गतिविधि, मतदातामाथि दबाब र सरकारी संयन्त्रको दुरुपयोग हुन नदिन विशेष तयारी आवश्यक छ ।

    त्यस क्रममा नेकपा एमालेका नेताहरूले वर्तमान सरकारले चुनाव गराउने क्षमता र निष्पक्षता सुनिश्चित गर्न सक्दैन कि भन्ने आशंका व्यक्त गरेका थिए । तर, उनीहरूले निर्वाचनको विरोध भने गरेका छैनन् । बैठकमा सहभागी दलहरूले निर्वाचन मिति छिटो टुंग्याउन, सुरक्षा संयन्त्रलाई सुदृढ बनाउन र निर्वाचन आचारसंहिताको कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन् ।

    सरकारले भने सबै दलको सुझावलाई सकारात्मक रूपमा लिएर आवश्यक तयारीलाई तीव्र बनाइने बताएको छ । प्रधानमन्त्री कार्कीले निकट भविष्यमै फेरि बैठक बोलाएर दलहरूको सहकार्यमा निर्वाचन प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएकी छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ