• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    रास्वपा समानुपातिक उम्मेदवारको सूचीबाट नाम हटाउन कुसुमले दिइन् निवेदन

    68
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सांसद उम्मेदवारको सूचीमा रहेकी कुसुम महर्जनले आफ्नो नाम हटाइदिन निवेदन दिएकी छन् ।

    महर्जनले दिएको निवेदनमाथि आज रास्वपाले छलफल गर्दैछ । आज दिउँसो ३ बजे पार्टी कार्यालय बनस्थलीमा बस्ने सचिवालय बैठकमा उनको निवेदनमाथि निर्णय हुनेछ ।

    महर्जन यसअघि ०७९ को निर्वाचनमा रास्वपाको समानुपातिक सूचीको आदिवासी जनजाति कलस्टरमा छिन् । रुपन्देही स्थायी घर भएकी कुसुम हाल काठमाडौंमै बस्दै आएकी छन् ।

    स्रोतका अनुसार उनी रुपन्देही-३ मा आगामी कात्तिक १७ हुने उपनिर्वाचनमा उम्मेदवार बन्न आकांक्षी देखिएकी छिन् । अहिले पार्टीले उम्मेदवारको छनोट प्रक्रिया सुरु गरेकाले कुसुमले उम्मेदवारी दिनका लागि समानुपातिक उम्मेदवारको सूचीबाट नाम हटाउन निवेदन दिएको स्रोत बताउँछ ।

    अहिले रास्वपा रुपन्देहीकै उपनिर्वाचनको तयारीमा केन्द्रित भएको छ । केही दिनअघि भैरहवामै पुगेर संसदीय दलको बैठक गरेको रास्वपाले आज सचिवालय बैठकमा थप तयारीबारे छलफल गर्दैछ ।

    प्रवक्ता मनीष झाका अनुसार आजको बैठकमा उपनिर्वाचनमा सहभागी हुनका लागि दल दर्तालगायतका विषयमा निर्णय हुनेछ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ