काठमाडौँ । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल काे विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शुल्क वृद्धि फिर्ता लिन माग गरेको छ ।
नयाँ शैक्षिक सत्र २०८१ सुरुवात भएसँगै शिक्षण संस्थाहरूले सधैँजस्तो विद्यार्थी र अभिभावक लुट्ने धन्दा फेरि निरन्तरता दिएको भन्दै अखिल क्रान्तिकारीले फिर्ता लिन माग गरेको हो ।
गैर-जिम्मेवार राज्य र निजी शैक्षिक क्षेत्रका माफियाहरूको जाँतोमा नेपाली विद्यार्थीहरू पिल्सिएको अखिल क्रान्तिकारीको बागमती प्रदेश संयोजक उषाकिरण आजादले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
एकातिर निजी शैक्षिक संस्थाहरू र कतिपय सामुदायिक शैक्षिक संस्था समेतले शुल्क वृद्धिका साथै इन्ट्रान्स फारम शुल्क , इन्ट्रान्स शुल्क, भर्ना शुल्क, स्वागत तथा बिदाइ शुल्क, वार्षिक शुल्क, पुस्तकालय शुल्क लगायत विभिन्न शीर्षकहरूमा शुल्क असुल गर्ने धन्दा नै चलाएको उनको आराेप छ।
थरिथरीका ड्रेसकोड तोक्ने, विद्यालय भित्रै त्यसको व्यापार गर्ने वा कार्टेलिङ गरि निश्चित स्थानबाट खरिदका लागि तोक्ने, खेलकुद सामाग्री , कापी र किताब लगायतका सामाग्रीहरूको विद्यालयभित्रै व्यापार गर्ने , विद्यार्थी र अभिभावकलाई अनावश्यक सामाग्री खरिद गर्न बाध्य बनाउने, प्रारम्भिक चरणबाटै विद्यार्थीहरूलाई प्रवेश परीक्षाका नाममा पढ्न पाउने अधिकारबाट वञ्चित बनाउने लगायतका गतिविधिहरू भइरहेको भन्दै त्यसको निन्दा गरेको छ।
साथै अपिल र ध्यानाकर्षण लाई व्यवास्ता गर्दै राज्य , त्यसका संयन्त्र र माफियाहरूको मिलिभगतमा विद्यार्थी र अभिभावक लुट्न नछाड्ने हो भने त्यसको कारबाही नेपाली श्रमजीवी जनताका छोराछोरीहरूको अग्रदस्ता अखिल(क्रान्तिकारी) सडक बाट गर्न बाध्य हुने चेतावनी बिग्यप्तिमार्फत दिइएको छ ।
‘अन्त्यमा हाम्रो अपिल र ध्यानाकर्षण लाई व्यवास्ता गर्दै राज्य , त्यसका संयन्त्र र माफियाहरूको मिलिभगतमा विद्यार्थी र अभिभावक लुट्न नछाड्ने हो भने त्यसको कारबाही नेपाली श्रमजीवी जनताका छोराछोरीहरूको अग्रदस्ता अखिल(क्रान्तिकारी) सडक बाट गर्न बाध्य हुनेछ। सडक बाट हुने सबै प्रकारका आन्दोलन र संघर्षको जिम्मेवार स्वयं माफियाहरू र वर्तमान माफिया तन्त्र नै हुनेछ।’ बिज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया