
रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका–१ स्यावालस्थित मध्यपहाडी लोकमार्गमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार, शनिबार राति लुकुमबाट ब्राहतालतर्फ जाँदै गरेको रा१ह–६७९७ नम्बरको अटो सडकबाट करिब ३०० मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी रुकुमपूर्व अस्पताल ल्याइएको थियो। उपचारका क्रममा भूमे–१ की ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया सबिता घर्तीको मृत्यु भएको अस्पतालले जनाएको छ। घाइतेमध्ये २६ वर्षीय प्रतीक्षा बुढा, उनका ११ महिनाका छोरा सुभम बुढा, २८ वर्षीया ब्युटी पुन, २ वर्षीया समृद्धि पुन र ३ वर्षीय सक्षम घर्ती सामान्य उपचारपछि डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ।
अटो चालक भूमे–१ लुकुमका २९ वर्षीय जोते घर्ती भने दुर्घटनापछि फरार रहेको प्रहरीले जनाएको छ। दुर्घटनास्थलमा प्रहरी चौकी लुकुम, इलाका प्रहरी कार्यालय काँक्री र जिल्ला प्रहरी कार्यालयबाट खटिएको २० जनाको संयुक्त टोलीले उद्धार कार्य सम्पन्न गरेको थियो। बालाराम शेर्पालीबाट



प्रतिक्रिया