• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु र एक घाइते

    175
    SHARES

    अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका–३ दुर्गाफाँटमा आज बेलुका भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। ना३६प ३५०९ नम्बरको मोटरसाइकल निगालीबाट दुर्गाफाँटतर्फ जाँदै गर्दा साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जिसीले जानकारी दिएका छन्।

    दुर्घटनामा मोटरसाइकल चालक पाणिनी–४ निगालीका १८ वर्षीय गौतम विक र सोही मोटरसाइकलमा सवार २४ वर्षीय सागर विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसै मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय सन्तोष घर्ती घाइते भएका छन्।

    उनलाई प्रारम्भिक उपचारपछि गुल्मीको खर्ज्याङस्थित अस्पतालबाट थप उपचारका लागि पाल्पा रेफर गरिएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार एउटै मोटरसाइकलमा तीन जना सवार थिए। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ