• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अर्थ-विजनेस विजनेस

    तोलामा १४ सय रुपैयाँले घट्यो सुन, चाँदी पनि सस्तो

    247
    SHARES

    काठमाडौं । मंगलबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घट्दै नयाँ दर २ लाख ३८ हजार ३ सय रुपैयाँ कायम भएको छ।

    अघिल्लो दिन सुनको भाउ २ लाख ३९ हजार ७ सय रुपैयाँ थियो। असोज मसान्तपछि सुनको मूल्य क्रमिक रूपमा ओरालो लाग्दै आएको छ। असोज ३१ गते सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो, जुन पछिल्लो उच्च दर मानिएको थियो।

    महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँ घट्दै प्रतितोला ३ हजार १५ रुपैयाँमा झरेको छ। असोज ३१ गते चाँदी प्रतितोला ३ हजार ३५० रुपैयाँ पुगेको थियो। त्यसयता सुनसँगै चाँदीको मूल्य पनि निरन्तर घट्दो क्रममा रहेको व्यवसायीहरूले बताएका छन्।

    व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मजबुती, तेल मूल्यमा आएको स्थिरता र विश्व बजारमा माग घटेकै कारण सुन–चाँदी दुवैको दर घटेको बताएका छन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ