
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्दैछ। शुक्रबार बस्न नसकेर स्थगित भएको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको हो। १५औं महाधिवेशनको मितिबारे कांग्रेसभित्र मतभेद देखिँदै आएको छ। शनिबार सानेपामा बसेको पदाधिकारी बैठकले पनि सहमति जुटाउन सकेको थिएन।
बैठकमा महामन्त्री र संस्थापन पक्षबीच कार्यतालिका र प्रक्रियासम्बन्धी फरक प्रस्ताव राखिएको थियो। महामन्त्री विश्वप्रकाश शर्माले महाधिवेशन निर्वाचन महासमिति सदस्यहरूले चुनावअघि गर्ने कि पछि गर्ने भन्ने विषयमा भोटिङमार्फत निर्णय गर्नुपर्ने प्रस्ताव गरेका थिए।
आजको केन्द्रीय समिति बैठक बस्नुअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुई महामन्त्रीसहित शीर्ष नेताहरूको बैठक पनि बोलाएका छन्। सहमति खोज्ने उद्देश्यसहित बिहान ९ बजे ललितपुरस्थित धोबीघाटमा उक्त बैठक बस्ने तय भएको पार्टी स्रोतले जनाएको छ।
पार्टीभित्र महाधिवेशनको मिति र कार्यतालिकाबारे एकमत कायम गर्न कठिनाइ देखिँदै आएको छ। आजको बैठक निर्णायक बन्ने अपेक्षा गरिएको छ।



प्रतिक्रिया