• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते

    195
    SHARES

    गुल्मी । गुल्मीको मालिका गाउँपालिका–३ म्यालमा छोराले आफ्नै बुवामाथि प्रहार गरी हत्या गरेका छन्। सोही घटनामा आमा गम्भीर घाइते भएकी छन्। शनिबार दिउँसो २३ वर्षीय भोटबहादुर बिकले धारिलो हतियार प्रयोग गरी आफ्ना बुवा र आमामाथि आक्रमण गरेका थिए। बुवाको घटनास्थलमै मृत्यु भएको र आमा सख्त घाइते भएकी जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले जानकारी दिए।

    बिकले करिब ५० वर्षीय बुवा धनबहादुर बिक र ४८ वर्षीया आमा दिलमाया बिकलाई हसिया र काठको मुंग्रोले प्रहार गरेका थिए। गम्भीर घाइते दिलमायालाई जिल्ला अस्पताल तम्घास हुँदै उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ।

    घटनाबारे जानकारी मिल्नासाथ प्रहरी चौकी अर्खवाङ्गबाट प्रहरी सहायक निरीक्षक मानबहादुर घर्तीको टोली घटनास्थल पुगेको थियो। त्यसपछि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रहरी निरीक्षक रेवन्त सेनको नेतृत्वमा अर्को टोली समेत खटाइएको छ।

    आक्रमणपछि फरार भएका छोरा भोटबहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनको मानसिक सन्तुलन ठीक नभएको खुलेको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास पठाइएको र घटनाको विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ