• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    फोटो-फिचर

    काठमाण्डौसहित देशका विभिन्न ठाउँमा होली पर्वको रौनक (फोटो फिचर)

    685
    SHARES

    काठमाण्डौ । आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने फागु हर्थात होली आज देशका हिमाली र पहाडी क्षेत्रमा भव्यताका साथ मनाइएको छ । आजको दिन परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा रहेको छ । होली पर्वको अबसरमा आज सरकारले हिमाली र पहाडी जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

    नेपाल प्रहरीले फागुपूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन पर्सीसम्मका लागि विशेष सुरक्षा योजना निर्माण गरी लागू गरेको छ । यसका सुरक्षा योजनाअन्तर्गत झण्डै ३० हजार जना प्रहरी परिचालन गरिएको छ । काठमाडौँ उपत्यकाको निगरानी ड्रोनबाट गर्ने व्यवस्था मिलाइएको थियो ।

    अहिले बसन्तुपर, दरबारमार्ग, पाटन दरबार स्क्वायर, जावलाखेल, भक्तपुर दरबार स्क्यायर लगायतका ठाउँमा सयौँ मानिस जम्मा भएर होली खेलिरहेका छन् । यसवर्ष काठमाडौँमा मर्यादितरुपमा होली मनाइरहेको देखिएको छ । युवायुवती स्वतःस्फूर्तरुपमा सडकमा पुगेर रङ खेलेर रमाइलो गरिरहेका छन् ।

    प्रतिक्रिया