• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    फोटो-फिचर समाचार

    उच्च अदालतको आदेशपछि न्यूरोडमा सडकपेटी विस्तार थालियो (तस्बिरहरू)

    0.9K
    SHARES

    काठमाडौँ  । पाटन उच्च अदालतको आदेशलगतै काठमाडौँ महानगरपालिकाले न्यूरोड (नयाँ सडक)मा सडकपेटरी विस्तार अघि बढाएको छ।महानगरपालिकाले न्यूरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ विस्तारलाई महानगरले बुधबार बिहानैदेखि अघि बढाएको हो । 

    यसअघि डिभिजन सडक कार्यालय, काठमाडौँले रोकेपछि महानगरपालिका उच्च अदालत पुगेको थियो ।उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले महानगरपालिकाको मागअनुसार अन्तरिम आदेश दिएपछि फुटपाथ विस्तार अघि बढाउने बाटो खुलेको हो । 

    सडकलाई पैदलयात्रुमैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो ।जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाण्डौरले भौतिक रुपमा हस्तक्षेप गरेपछि विवाद भएको थियो ।यसपछि काम रोक्नका लागि जेठ १३ गते र १६ गते गरी २ वटा पत्र सडक विभागले महानगरलाई पठाएको थियो ।  

    डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।

    अदालतले राज्य शक्तिको बाँडफाँडको सम्बन्धमा नेपालको संविधानको धारा ५७ ले व्यवस्था गरी उपधारा (१) ले संघको र उपधारा (४) ले स्थानीय तहको एकल अधिकारको सूचीबारे गरेको प्रबन्ध अनुसार स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिँचाइसमेतका अधिकार स्थानीय तहमा रहने भनी व्यवस्था गरेको भन्दै महानगरको पक्षमा आदेश दिएको हो । 

    पाटन उच्च अदालतको आदेशपछि काठमाण्डौ महानगरपालिकाले न्यूरोड (नयाँ सडक)मा  फुटपाथ  विस्तार  काम  अघि बढाएको छ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ