काठमाडौं । अमेरिकी पत्रिका द न्युयोर्क टाइम्स का लागि स्रोत भएका एक अधिकारीले पुष्टि गरेका छन् कि हमाससँग हाल बाँकी रहेका ४८ बन्धकमध्ये करिब २० जना मात्रै जीवित छन्। सो अधिकारीका अनुसार ती जीवित बन्धक सम्भवतः आइतबार एकसाथ रिहा गरिने सम्भावना रहेको बताइएको छ।
अधिकारीले थप बताए—मृतक रहेको २८ जनाको शव चरणबद्ध रुपमा इजरायलतर्फ हस्तान्तरण गरिनेछ र शव पहिचानमा समय लाग्ने हुनाले मृतक हस्तान्तरणमा ढिलाइ हुनसक्नेछ। सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलभित्र गरेको आक्रमणमा जम्मा २५१ जनालाई बन्धक बनाएर गजा लगेको थियो।
त्यसैबाट हालसम्म पटक–पटक भएका युद्धविराम र बन्दी साटासाटको क्रममा करिब २०३ जना बन्धक पहिलेदेखि नै छोडिसकिएको जानकारी छ। अब भएको यसै सम्झौतापछि बाँकी बन्धकहरू चाँडै रिहा हुने आकलन गरिएको छ।सम्झौताको मध्यस्थतामा अमेरिका, टर्की, इजिप्ट र कतार संलग्न रहेका हुन्।
इजिप्टमा सुरु भएको अप्रत्यक्ष वार्तामा चार दिनसम्म निरन्तर छलफल चलेको र त्यसपछि सम्झौता नजिक पुगेको जनाइएको छ। अमेरिकी पूर्वउपायुक्त र पूर्वपरामर्शदाताहरुलाई इजिप्ट पठाएर तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि वार्ता र मध्यस्थतामा सक्रिय भूमिका खेलेको खबरमा उल्लिखित छ।
ट्रम्पले युद्धविरामका लागि २० बुँदे खाका प्रस्ताव गरेको र सम्झौता भएसँगै ७२ घण्टाभित्र सबै बन्धकहरू रिहा गरिनुपर्ने व्यवस्था गरिएको बताइएको छ।
प्रतिक्रिया