• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    जेनजी प्रदर्शन : ट्रमा सेन्टरमा थप एक जनाको ज्यान गएसंगै मृतकको संख्या १५ पुग्यो

    246
    SHARES

    काठमाडौं । ट्रमा सेन्टरमा थप एकजना जेनजी प्रदर्शनकारीको मृत्युसंगै ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

    भ्रष्ट्राचार र सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका थप एक जनाको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

    योसँगै ट्रमा अस्पतालमा मात्रै मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

    यसैगरी सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेस्ट अस्पतालमा ३ जना जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

    अहिलेसम्म कुल १५ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ । घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ