• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी

    नेपालमा बन्द भए फेसबुकलगायत २५ सामाजिक सञ्जाल

    25
    SHARES

    काठमाडौं । सरकारले फेसबुक, एक्स (पूर्व ट्विटर), युट्युब, इन्स्टाग्राम, व्हाट्सएपसहितका २६ सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालमा तत्काल बन्द गर्ने निर्णय सँगै फेसबुक बन्द हुन थालेको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले केहीबेरअघिबाट फेसबुक बन्द गरेको हो । अहिले वर्ल्डलिंकको आईपी एड्रेसबाट फेसबुक चल्न छाडेको छ ।

    त्यस्तै नेपाल टेलिकम र एनसेलले पनि फेसबुक बन्द गरेको छ। नेपाल टेलिकमले कानुनबमोजिम दर्ता हुन नआएका सामाजिक सञ्जालहरूलाई बन्द गरिएको जानकारी दिएको छ । सरकारको निर्णय कार्यान्वयन गर्दै टेलिकमले दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गरिएको जानकारी दिएको हो ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्देशन गरेपछि दुरसञ्चार प्राधिकरणले बन्द गर्न भन्दै इन्टरनेट प्रादायक कम्पनीहरुलाई सर्कुलर गरेको थियो। यसअघि नै सरकारले सामाजिक सञ्जाल प्रयोगकर्तालाई नियमन गर्ने गरी नियमावली ल्याएको थियो। तर फेसबुक, एक्स, युट्युब, इन्स्टाग्राम, लिंक्डइन, रिडिटलगायतका ठूला कम्पनीहरूले तोकिएको समयसीमाभित्र नेपालमा दर्ता प्रक्रिया पूरा नगरेपछि सरकारले प्रतिबन्ध लगाएको हो।

    हाल नेपालमा दर्ता प्रक्रिया पूरा गरिसकेका टिकटोक, भाइबरलगायत केही प्लेटफर्म मात्र सञ्चालनमा रहनेछन्। सरकारको यो कदमबारे सर्वसाधारणबीच भने मिश्रित प्रतिक्रिया देखिएको छ। एकातिर अनियन्त्रित सामाजिक सञ्जालले देशमा अस्वस्थ प्रतिस्पर्धा, गलत सूचना र आपराधिक गतिविधि बढाएको भन्दै बन्द गर्नुपर्ने आवाज उठाइँदै आएको थियो।

    अर्कोतिर भने अभिव्यक्ति स्वतन्त्रतामा प्रत्यक्ष हस्तक्षेप भएको भन्दै आलोचना पनि भएको छ। सरकारले भने वैकल्पिक उपायका लागि सामाजिक सञ्जाल कम्पनीहरूसँग पुनः वार्ता गर्ने तयारी भइरहेको जनाएको छ। यस्तै २६ सामाजिक सञ्जाल बन्द गर्ने भनिएकोमा दर्ता प्रकृयामा आउँ निवेदन दिएका कारण हाम्रो पात्रो भने बन्द भएको छैन।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ