
काठमाडौँ। आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ। नेपालले आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गर्दै ४९ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाएर २७१ रन बनाएको हो।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ६७ बलमा ३ छक्का र २ चौकाको सहयोगमा ७५ रनको अर्धशतक बनाउँदै उत्कृष्ट प्रदर्शन गरे। त्यस्तै, करण केसीले ३१ बलमा ३ छक्का र २ चौकासहित ४९ रनको योगदान दिए। नेपालका कुशल भुर्तेलले ४७ रन बनाए भने भिम सार्कीले ३६ रनको योगदान गरे।
अमेरिकाका लागि हर्मीत सिंहले सर्वाधिक तीन विकेट लिए। शौरव नेत्रभाल्कर र नेथ्सुज केन्जिले दुई–दुई विकेट लिए भने जसदीप सिंह र शुभम रान्जेले एक–एक विकेट लिए।



प्रतिक्रिया