• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    आइजिपी चन्द्रकुबेर खापुङले पाए दर्ज्यानी चिन्ह

    208
    SHARES

    काठमाडौँ । नेपाल प्रहरीको ३२औं प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङले दर्ज्यानी चिन्ह पाएका छन्। बिहीबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच गृहसचिव गोकर्णमणि दुवाडीले खापुङ आइजिपीको फुली लगाइदिएका हुन्।

    भदौ १३ गते बसेको मन्त्रिपरिषदको बैठकले खापुङलाई आइजिपी नियुक्त गरेको हो। आइजिपी दीपक थापाले बुधबार रातिदेखि अवकाश पाएका छन्।

    नयाँ प्रहरी विधेयक पारित भएर कार्यान्वयनमा नआए उनी करिब तीन महिनाका लागि मात्रै आइजिपी बन्नेछन्। प्रहरी नियमावली अनुसार उनी पनि ३० वर्षे सेवा हदकै कारणले मंसिर २३ गतेसम्म मात्रै प्रमुख हुनेछन्। प्रहरी विधेयक आएको अवस्थामा भने फरक पर्न सक्नेछ।

    को हुन् आइजिपी खापुङ ?

    खापुङ २०२७ मंसिर २३ गते तेह्रथुमको मेन्छ्यायोम गाउँपालिका-६मा जन्मिएका थिए। उनले जेन्डर स्टडिजमा स्नातकोत्तर, र कानुनमा स्नातक गरेका छन्।

    नेपाल प्रहरीको प्रहरी निरीक्षकमा २०५२ कात्तिक २७ मा उनले सेवामा प्रवेश गरेका थिए। खापुङले प्रहरी निरीक्षक हुँदा मोरङको इलाका प्रहरी कार्यालय बेलबारी लगायतमा कमाण्ड सम्हालेका थिए।

    उनी प्रहरी नायब उपरीक्षकमा २०६४ साउन १ गते प्रहरी वृत्त चापागाउँ, इलाका प्रहरी कार्यालय धरान, प्रहरी वृत्त दरबारमार्ग लगायतमा कमाण्ड सम्हालेका थिए। उनी प्रधानमन्त्रीको प्रमुख सुरक्षा अधिकृत समेत भएर कार्यरत भएका थिए।

    खापुङ २०७३ पुस १३ गते प्रहरी उपरीक्षकमा बढुवा भएका थिए। प्रहरी उपरीक्षक हुँदा उनी बागलुङ प्रहरी कार्यालय, कर्मचारी प्रशासन शाखा लगायतमा बसेका थिए। त्यस्तै २०७७ वैशाख १७ गते उनी प्रहरी वरिष्ठ उपरीक्षक भएका थिए।

    प्रहरी वरिष्ठ उपरीक्षक हुँदा उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख भए। त्यस्तै नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेको समेत प्रमुख भएका थिए।

    त्यस्तै प्रहरी नायब महानिरीक्षकमा उनी २०८० वैशाख ६ गते पदोन्नति भएका थिए। त्यसपछि उनले कोशी प्रदेश प्रमुख र अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयमा समेत बसेर काम गरेका थिए।

    प्रहरी नायब महानिरीक्षक रहँदा नै उनको सिआइबीमा २०८१ मंसिर २७ गते सरूवा भएको थियो। त्यहाँ डिआइजीको रूपमा कार्यरत रहँदा उनी २०८२ वैशाख ४ गते एआइजीमा पदोन्नति भएका थिए।

    खापुङले इटाली, भियतनाम, चीन लगायतमा तालिम लिएका छन्। स्वदेश र विदेशमा गरी विविध १४ वटा विषयमा तालिम लिएका छन्। त्यस्तै उनी प्रबल जनसेवा श्रीसहित १७ पटक पुरस्कृत समेत भएका छन्।

    उनले संयुक्त राष्ट्रसंघको शान्ति मिसनतर्फ दुई पटक हाइटीमा सेवा गरेका थिए। फर्म पुलिस युनिट र इन्डिभिड्युजल मिसनमा उनले सेवा गरेका थिए।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ