• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा थप एक जना पक्राउ

    324
    SHARES

    काठमाडौं । प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २१ वर्षीय सोम गुरुङ छन् । उनलाई धुम्बाराहीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले बताए ।

    दार्चुला घर भएका थापाको जेनजी आन्दोलनको क्रममा २४ भदौमा हत्या भएको थियो । उनलाई कुटिकुटी हत्या गरिएको थियो । उनी प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत थिए । महाराजगञ्जमै कार्यरत असई मिलन राय र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी हवल्दार अमृत गुरुङ पनि हत्या भएको थियो ।

    यसअघि जवान थापा तथा असई र हवल्दारको हत्या आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरू पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ