• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    वामपन्थी एकताबारे प्रचण्डको भनाइ : छठपछि नयाँ परिस्थिति देख्नुहुनेछ

    270
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समितिका संयोजक तथा पूर्व प्रधानमन्त्री **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले वामपन्थी एकताको प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको बताएका छन्।

    मधेश प्रदेशमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न पुगेका प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै भने, “वामपन्थी एकता र ध्रुवीकरणको कुरा अघि बढेको छ। समाजवादी मोर्चामा रहेका पार्टीहरू एकता प्रक्रियातिर अघि बढिरहेका छन्। मलाई लाग्छ, छठपछि तपाईंहरूले नयाँ परिस्थिति देख्नुहुनेछ।”

    उनले समाजवादी मोर्चाभित्रको सहकार्य र छलफल सकारात्मक दिशातर्फ उन्मुख भएको उल्लेख गर्दै आगामी राजनीतिक परिस्थितिमा वाम शक्तिहरूबीच नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत पनि दिए।

    फरक प्रसङ्गमा प्रचण्डले सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याए। उनले भने, “सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ। हिजो मात्रै संसदीय दलहरूसँग छलफल भएको छ। सरकार विस्तारै निर्वाचनप्रति गम्भीर हुँदै गएको आभास भएको छ।”

    प्रचण्डका अनुसार, निर्वाचनको वातावरण बनाउन सरकारलाई औपचारिक आग्रह गर्ने सबैभन्दा पहिला माओवादी केन्द्र नै थियो।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ