• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    आज ५ पार्टी कार्यालयमा धर्ना दिँदै शिक्षक महासङ्घ

    68
    SHARES

    काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आज ५ वटा राजनीतिक दलको कार्यालयमामा धर्ना दिने भएको छ। बिहान ११ बजेदेखि १ बजेसम्म चल्ने यो कार्यक्रममा सहभागी हुने महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षकहरूलाई अनुरोध समेत गरेका छन् ।

    लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालय बबरमहल हुने कार्यक्रमको संयोजन अध्यक्ष सुवेदीले गर्ने भएका छन् । त्यस्तै जनमत पार्टीको कार्यालयमा हुने कार्यक्रमको संयोजन सहअध्यक्ष नानुमाया पराजुलीले गर्ने बताइएको छ ।

    जनता समाजवादी पार्टीको कार्यालयमा हुने कार्यक्रमको संयोजन उपाध्यक्ष पुष्प कुँवरले गर्नेछन् भने नागरिक उन्मुक्ति पार्टीको कार्यालयमा हुने कार्यक्रमको संयोजन ८महासचिव तुलाबहादुर थापाले गर्नेछन् ।

    राष्ट्रिय जनमोर्चा कार्यालयमा हुने कार्यक्रमको संयोजन सचिव कल्पना पनेरुले गर्नेछिन् । धर्ना कार्यक्रमको मुख्य उद्देश्य पार्टीहरूलाई शिक्षकहरूको मागप्रति ध्यानाकर्षण गराउनु रहेको महासंघले बताएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ