• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    धुलिखेल मालपोतका खरिदार ज्ञानेन्द्र भण्डारी दुई लाख रुपैयाँ घुससहित अख्तियारको नियन्त्रणमा

    63
    SHARES

    काठमाडौँ । मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारी घुसबापत लिएको दुई लाख रुपैयाँसहित पक्राउ परेका छन्‌ ।

    काभ्रेको साविक दोलालघाट गा.वि.स. – ७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाहरू धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिँदालिँदै भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।

    भण्डारीलाई पक्राउ गर्न अख्तियारको टोली केन्द्रीय कार्यालय टङ्गालबाटै खटिएको थियो । भण्डारीले घुस लिँदै गरेको जानकारी अख्तियारको टोलीले पाएको थियो ।

    अख्तियारको टोली मालपोत कार्यालय परिसरमा भएकै बेला भण्डारीले सेवाग्राहीबाट घुस लिइरहेका थिए । अख्तियारको टोलीले उनलाई घुसबापतको दुई लाख रुपैयाँसहित पक्राउ गरेको हो ।

    भण्डारीको साथबाट एक थान मोबाइल पनि नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । घुस रकमसहित भण्डारी पक्राउ परेकोबारे अ.दु.अ.आ.को विज्ञप्ति :

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ