• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेस समाचार

    आज सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?

    163
    SHARES

    काठमाडौं । केही दिनयता नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड बनिरहेको छ । आज बुधबार पनि पनि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।

    आज सुनप्रतितोला दुई लाख ७,९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

    मङ्गलबार सुन प्रतितोला दुई लाख ५,९०० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला दुई हजारले बढेको हो । चाँदीको मूल्य भने घटेको छ । आज प्रतितोला ५ रुपैयाँले घटेर दुई हजार ४८० मा कारोबार भइरहेको छ ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ