काठमाडौं । संघीय निजामती विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ । मंगलबार बसेको सभाको बैठकले विधेयक सर्वसम्मत पारित गरेको हो ।
१५ असारमा प्रतिनिधिसभाबाट पारित भएर गएको विधेयक मंगलबार राष्ट्रियसभाले पनि पारित गरेको हो । प्रतिनिधिसभाले पठाएको ६० दिनभित्र सन्देशसहित फिर्ता पठाउने अन्तिम दिन विधेयक पारित भएको हो ।
यसअघि राज्य व्यवस्था समिति बैठकमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ को कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा त्रुटि भएको थियो ।
त्रुटिबारे छानबिन गर्न ७ सदस्यीय संसदीय विशेष छानबिन समिति समेत बनेको थियो । कांग्रेस सांसद जीवन परियारको संयोजकत्वमा गठित समितिका सदस्यमा कांग्रेसबाट सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य, नेकपा (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहेका थिए ।
प्रतिक्रिया