• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक

    239
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ। परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको चीन भ्रमण र कार्यक्रमबारे जानकारी दिएको हो।

    प्रधानमन्त्री ओलीले यही भदौ १४ गतेदेखि १८ गतेसम्म चीन भ्रमण गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली सांघाई सहयोग शिखर सम्मेलनमा भाग लिन चीन जान लागेका हुन्।

    उनले भ्रमणका दौरान चिनियाँ राष्ट्रपति सी चीनफिङ र उपराष्ट्रपति हान झेङलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ।

    प्रधानमन्त्रीले एनसिओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ। सो अवसरमा केही देशका नेताहरूसँग भेटवार्तासमेत गर्ने तयारीमा प्रधानमन्त्री छन्।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति मन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा, एमालेका सांसद छविलाल विश्वकर्मालगायत भ्रमण टोलीमा रहनेछन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ