• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सुनिल पौडेललाई एक लाख धरौटीमा छाड्न आदेश

    27
    SHARES

    काठमाडौं । विशेष अदालतले श्रृङखलावद्ध भ्रष्टाचारको आरोप लागेका राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेललाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनीसँग एक लाख रुपैयाँ धरौटी मागेको हो । उनीमाथि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हुँदा करिव १६ लाख रुपैंया भ्रष्टाचार गरेको आरोप थियो ।

    विशेष अदालतको आदेशका कारण मात्रै उनी थुनामुक्त हुन पाउने छैनन् किनभने यसअघिका अरु भ्रष्टाचार मुद्दामा उनलाई थुनामा पठाउन आदेश भएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ