काठमाडौँ । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा बिचको अन्तरविरोधबारे स्थायी समिति बैठकमा छलफल हुने भएको छ ।
पार्टी निर्माण र नेतृत्व हस्तान्तरणको विषयमा पछिल्लो केन्द्रीय समिति बैठकले गरेको निर्णय कार्यान्वयन नभएको विषयमा शर्माले असन्तुष्टि पोखेका थिए ।
आन्तरिक जनवादको विषयमा प्रचण्ड र शर्माबिच सार्वजनिक रूपमै आरोप–प्रत्यारोप भएपछि बुधबार बसेको पदाधिकारी बैठकले स्थायी समिति बैठकको एजेन्डा बनाएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले आन्तरिक एकतालाई मजबुत गराउने विषय पार्टीको नियमित एजेन्डाकै रूपमा प्रस्तुत भएको बताएका छन् ।
‘सङ्गठन निर्माण, कार्य विभाजन र आन्तरिक एकतालाई सुदृढीकरणबारे स्थायी समिति बैठकमा छलफल हुन्छ । आजको बैठकमा यसबारे कुनै छलफल भएन’, उनले भने । यस्तै उपमहासचिव हरिबोल गजुरेलले पनि अन्तरविरोधलाई स्थायी समिति बैठकमा छलफलको एजेन्डा बनेको जानकारी दिए ।
प्रतिक्रिया