• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रसुवाको भोटेकोशी नदीमा भीषण भेलबाढी

    400
    SHARES

    रसुवा । रसुवाको भोटेकोशी नदीमा भीषण भेलबाढी आएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अन्सुआर बुधबार बिहान २ः१४ बजे भोटेकोशीको सतह एक्कासि बढेकोको हो ।

    उनका अनुसार केरूङ खोलामा भेलबाढी आएको हो कि, दायाँतर्फको ल्हेन्दे खोलामा भेलबाढी आएको हो भन्ने यकिन भएको छैन। उक्त भेलबाढीले टिमुरेदेखि रसुवागढीसम्मको बाटो विच्छेदित तुल्याइको छ। त्यहाँको बाटो कटान नै गरेको उनले बताए।

    ‘भेलबाढीका कारण मानवीय क्षति भएको छैन। बाढी आउनेबित्तिकै प्रहरी टोली परिचालन गरेर स्थानीयलाई सुरक्षित स्थानमा राख्यौं। नदीको सतह घटेको छैन। स्थानीयहरू अहिले पनि घरबाहिरै हुनुहुन्छ,’ उनले भने।

    उनले बाढीले त्रिशूली जलविद्युत आयोजनामा पनि व्यापक क्षति पुर्‍याएको छ। क्षतिको विवरण भने आइसकेको छैन। भोटेकोशीको भेलबाढी बिहान ०३ः५५ बजे नुवाकोट विदुर नगरपालिका आइपुगेको थियो। अहिले धादिङतर्फ बढिरहेकाले त्रिशूली नदी आसपासमा सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।

    भेलबाढीले त्रिशूली थ्रि बि आयोजनामा व्यापक क्षति पुर्‍याएको रसुवा उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले जानकारी दिए। उक्त बाढीले उत्तरगया क्षेत्र डुबानमा पारेको छ। नदीको सतह अहिले पनि घटेको छैन।

    गत असार २४ गते ल्हेन्दो खोला भेलबाढी आउँदा २० जना बेपत्ता भएका थिए। त्यसमध्ये केहीको शव फेला परेको थियो। त्यतिबेला ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा हिमनदीको माथिल्लो सतहमा रहेको सुप्राग्ल्यासियर ताल विस्फोट हुँदा भेलबाढी आएको प्रारम्भिक निष्कर्ष निकालिएको थियो।

    त्यतिबेला केरूङ नाकाको मितेरी पुल बगाउनुका साथै भन्सार यार्डमा रहेका गाडीहरू बगाएको थियो। त्यस्तै स्याफ्रुबेसीदेखि केरूङसम्म पुग्ने बाटो कटान गरेको थियो।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ