• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    पालिका

    गण्डकी गाउँपालिकामा तिज प्रतियोगिता, रानीश्वारा पहिलो

    403
    SHARES

    पोखरा । गोरखाको गण्डकी गाउँपालिका ५ मा तिज विशेष कार्यक्रम गरिएको छ । वडा कार्यालयले आयोजना गरेको विभिन्न प्रतियोगितामा रानीश्वाराआमा समूह पहिलो भएको छ । गायन, भेसभुसा र नृत्यलाई आधार मानेर विजेता घोषणा गरिएको हो ।

    रानीश्वाराले १० हजार पुरस्कार पाएको छ । यस्तै, देविस्थान आमा समूह दोस्रो र जलेस्वरी आमा समूह तेस्रो तथा लालीगुराँस आमा समूह सान्त्वना भएको छ । दोस्रो, तेस्रो र सान्त्वनाले क्रमशः ७ हजार ५ सय, ५ हजार र २ हजार पुरस्कार पाएका वडाध्यक्ष पहलमान बयलकोटीले जानकारी दिए ।

    कार्यक्रममा गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले चाडपर्व मौलिक ढङ्गले मनाउनुपर्ने बताए । उनले तीजका नाममा धेरै विकृति छिरेको भन्दै स्थानीय स्तरबाटै पर्वको संरक्षण गर्नुपर्ने बताए । ‘तिजका नाममा पनि विकृति छ । त्यसलाई रोक्ने हामीले नै हो,’ उनले भने, ‘हाम्रो मौलिकता र संस्कृतिको संरक्षण गर्न सधैँ एकजुट हुनुपर्छ ।’

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ