• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    गृहमन्त्रीले मसँग गम्भीर दुष्मनी लिन खोजे : ओली

    412
    SHARES

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालले आफूसँग “गम्भीर दुष्मनी” लिइरहेको आरोप लगाएका छन्। बुधबार जेनजी प्रदर्शनकारीहरूले गरेको आगजनी, तोडफोड र लुटपाटबाट क्षतिग्रस्त बालकोटस्थित आफ्नै निवासको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले यस्तो आरोप लगाएका हुन्।

    ओलीका अनुसार सरकारले आन्दोलनका क्रममा संलग्न व्यक्तिहरूलाई कारबाही नगरी उल्टै अर्को मुलुकमा नयाँ आन्दोलनको बीज रोप्ने काम गर्दैछ। उनले भने, “सरकारको मनसाय के हो भन्ने कुरा गृहमन्त्रीले हिजो टेलिभिजन अन्तर्वार्तामा बोलेका कुराबाट प्रष्ट हुन्छ। दुःख परेकामाथि उहाँको दुष्मनी देखिन्छ। विशेषगरी मसँग गृहमन्त्रीको गम्भीर दुष्मनी छ।”

    उनले आरोप लगाए कि सरकारले जेनजी आन्दोलनकारीहरूबाट नै आफूहरूमाथि दबाब बढाएर केही व्यक्तिहरूलाई पक्राउ गर्ने योजना बनाइरहेको छ। ओलीले भने, “सरकारले आन्दोलनका पीडितहरूलाई न्याय दिलाउने सट्टा दुष्मनी साँधिरहेको छ। भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने विषयमा सरकारको ध्यान छैन।”

    उनका अनुसार आन्दोलनका क्रममा लुटपाटमा संलग्न व्यक्तिहरू स्थानीय स्तरका नै थिए, तर सरकारले कारबाही गर्न कुनै पहल गरेको छैन। “लुटपाट गर्नेहरू यही वरपरका थिए, सरकारले पक्राउ गर्न त परै जाओस्, पक्राउ परेकाहरूलाई समेत छोड्दैछ,” ओलीले भने, “सरकार भ्रष्टाचार नियन्त्रणभन्दा पनि राजनीतिक प्रतिशोधमा केन्द्रित छ।”

    ओलीले जेन–जी पुस्ताका अगुवाहरूमार्फत आफू र आफ्ना निकटका नेताहरूमाथि दबाब बढाउने र राजनीतिकरूपमा कमजोर पार्ने प्रयास भइरहेको पनि दाबी गरे।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ