• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    स्थायी कमिटीमा प्रचण्डको प्रस्ताव– स्वार्थ समूह विघटन गरौँ, आन्तरिक कुरा बाहिर लैजान रोकौँ

    117
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको अन्तरविरोधलाई बाहिर ल्याएको भन्दै उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’प्रति असन्तुष्टि व्यक्त गरेका छन्।

    शुक्रबार पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा प्रचण्डले शर्माको पछिल्लो सार्वजनिक अभिव्यक्तिप्रति चासो जनाउँदै पार्टीभित्रका आन्तरिक विषय मिडियामार्फत सार्वजनिक हुनु अनुचित भएको तर्क राखे।

    “पार्टीभित्रको अन्तरविरोध लगातार बाहिर आएको छ, विशेषतः प्रभाकरजीका अभिव्यक्तिबाट। यसले पार्टीलाई नोक्सान पुर्‍याउँछ,” बैठकमा सहभागी एक नेताले प्रचण्डको भनाइ उद्धृत गर्दै भने, “अब सबैले आ–आफ्ना कमजोरी बुझ्नुपर्छ र पार्टीलाई एकतामा बाँध्नतर्फ लाग्नुपर्छ।”

    असार ६ र ७ गते नेकपाका संस्थापक पुष्पलालको स्मृति दिवसका क्रममा प्रचण्ड र शर्माबीच सार्वजनिक रूपमा आरोप–प्रत्यारोप चलेको थियो। त्यसलाई लिएर प्रचण्डले आन्तरिक अनुशासन र कम्युनिस्ट मूल्यमा विचलन भएको भन्दै चिन्ता व्यक्त गरेका थिए।

    एक नेताका अनुसार, प्रचण्डले नेताहरूमाझ विचार समूहभन्दा स्वार्थ समूह हाबी हुन थालेको र त्यसलाई विघटन गर्नुपर्ने प्रस्तावसमेत राखे। यद्यपि उनले जनार्दन शर्माविरुद्ध स्पष्ट कारबाहीको प्रस्ताव भने राखेनन्।

    बैठकमा शुक्रबार एजेन्डा मात्र प्रस्तुत गरिएको र शनिबारदेखि नेताहरूले धारणा राख्ने जानकारी दिइएको छ। यसैबीच उपमहासचिव हरिबोल गजुरेलले भने पार्टीभित्रको अन्तरविरोधबारे छलफल नै नभएको दाबी गरेका छन्। उनका अनुसार बैठक भोलि (शनिबार) बिहान ११ बजे पुनः बस्नेछ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ