• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    माधव–झलनाथबिच भेटवार्ता, पाण्डे, भुसाल र हमाल साक्षी

    316
    SHARES

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका दुई शीर्ष नेता अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबिच भेटवार्ता भएको छ ।

    शनिबार पार्टी कार्यालय आलोकनगरमा भएको भेटवार्तामा साक्षीका रूपमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, नेता बेदुराम भुसाल र महासचिव घनश्याम भुसाल रहेका थिए ।

    अध्यक्ष नेपाल र नेता खनालबिच केही दिनयता सार्वजनिक रूपमै एकअर्कालाई पार्टी छोड्न सुझाव दिइरहेका बेला नेताहरू पाण्डे, भुसाल र हमालले नेताद्वयलाई संवादमा जुटाएका हुन् ।

    नेताद्वय एकअर्काप्रति आरोप प्रत्यारोपमा उत्रेका बेला पार्टीभित्रको समस्या संवादबाटै समाधान गर्नुपर्छ भनेर नेताद्वयलाई संवादमा राखिएको एक नेताले बताए ।

    यसैबिच भदौ ७ र ८ गते बोलाइएको सो पार्टीको केन्द्रीय कमिटी बैठक २० दिन पछि सारेर भदौ २७ र २८ गते बस्नेगरी बोलाइएको छ ।

    केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार भदौ ७ र ८ गतेका लागि तय भएको बैठक दुईतीन वटा कारणले २० दिन पछि बस्नेगरी सारिएको हो ।

    उनका अनुसार पहिलो कारण तीज पर्व भदौ पहिलो साता नै पर्ने र महिलाहरूलाई समस्या हुने भएकाले त्यसलाई मध्यनजर गरिएको हो भने लगत्तै महासचिव घनश्याम भुसाल र सम्मानित नेता झलनाथ खनाल विदेश भ्रमणमा जानुपर्ने भएकाले बैठकको मिति सारिएको हो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ