• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    रञ्जिता पक्षका एक सांसदले दिए सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत

    59
    SHARES

    काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिएपछि विश्वासको मत लिएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई सोही पार्टीकै सांसदले विश्वासको मत दिएका छन् ।

    बिहीबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको २० औँ बैठकमा विश्वसको मत लिएका शाहलाई नाउपाकै सांसद्ले विश्वासको मत दिएका हुन् ।

    आजको प्रदेश सभा बैठकमा जम्मा उपस्थिति सांसद सङ्ख्या ४५ थियो । जसमा नेकपा माओवादीका १०, नेकपा एकीकृत समाजवादी पाटी तीन, राप्रपा १ र स्वतन्त्र १ जना गरेर १५ सांसदले शाहको विपक्षमा मत दिए ।

    मुख्यमन्त्री शाहलाई नागरिक उन्मुक्तिकै सांसद कैलाश चाधैरीले विश्वासको मत दिएका थिए । मुख्यमन्त्रीलाई विश्वासको मत दिएका शौधरी रञ्जिता श्रेष्ठ निकट सांसद हुन् । नागरिक उन्मुक्तिका अरु ६ जना सांसद भने बैठकमा अनुपस्थित थिए ।

    कास्कीकाे लिचिघारी जग्गा हिनामिनाका लागि भएकाे घुस डिलमा श्रेष्ठ मुछिएपछि नागरिक उन्मुक्ति पार्टीमा विवाद बढ्दो छ । विवादकाबिच आज मात्रै पार्टीका संरक्षक रेशम चौधरीले श्रीमती श्रेष्ठलाई हटाएर बुबा लालवीर चौधरीलाई अध्यक्ष बनाएका छन् ।

    नाउपाले संरक्षक चौधरीसहितको सक्रियतामा राष्ट्रिय भेला बोलाएर नयाँ अध्यक्ष चयन गरेको हो। यता श्रेष्ठले भने आफू नै पार्टी अध्यक्ष भएको जिकिर गर्दै आएकी छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ