• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

    83
    SHARES

    बैतडी । सुदूरपश्चिममा भारतबाट फर्किएका तीन जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार संक्रमितहरूमा दुई पुरुष र एक महिला छन्।

    संक्रमण पुष्टि हुनेमा कञ्चनपुर पुनर्वासका २० वर्षीय युवक, अछाम ढकारीका ३२ वर्षीय युवक र कैलाली धनगढीकी २४ वर्षीया महिला छन्।

    ‘गौरिफन्टा नाकाबाट स्वदेश फर्किएका ३६ जनाको परीक्षण गर्दा ती तीन जनामा कोभिड पुष्टि भएको हो,’ जोशीले भने, ‘उनीहरू सबैलाई होम आइसोलेसनमा बस्न सुझाव दिइएको छ।’

    संक्रमितहरूको नमुना केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौं पठाइएको जनाउँदै जोशीले थपे, ‘पीसीआर परीक्षणपछि कुन भेरियन्ट हो भन्ने स्पष्ट हुनेछ।’

    छिमेकी देशहरू भारत लगायतका स्थानहरूमा पुनः कोभिड संक्रमण देखिन थालेपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ। सुदूरपश्चिमका सबै सीमानाकामा निगरानी बढाइएको छ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले संक्रमणको सम्भावित महामारीलाई ध्यानमा राख्दै मातहतका कार्यालय, अस्पताल तथा प्रयोगशालालाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। तर, सुदूरपश्चिममा संक्रमण पत्ता लगाउन आवश्यक परीक्षण किटको अभाव रहेको जनाइएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ