• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    काभ्रेको पनौतीमा बाढीले महिला बेपत्ता, बीपी राजमार्ग अवरुद्ध

    516
    SHARES

    काभ्रे ।  काभ्रेको पनौतीमा सोमबार आएको बाढीले एक महिलालाई बगाएको छ। पनौती नगरपालिका–५ सुब्बागाउँकी २८ वर्षीया रेनुका गिरी बाढीले बगाएपछि बेपत्ता भएकी हुन्। खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

    प्रहरीका अनुसार सोमबार बेलुकी खोजी स्थगित गरिएको थियो भने मंगलबार बिहानदेखि पुनः खोजी सुरु गरिएको छ। बाढीका कारण पनौती, कटुन्जेबेसी, बोक्सीकुना र माम्ती क्षेत्रमा क्षति पुगेको छ। विशेषगरी रोशी गाउँपालिका–११ र १२ को सिमानामा पर्ने माम्ती खोला नजिकै अस्थायी रूपमा निर्माण गरिएको डाइभर्सन बगाएपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

    असोजमा बाढीले सडक बगाएपछि ह्युमपाइपमार्फत बनाइएको बाटोसमेत सोमबारको बाढीले बगाएको हो। हाल बिहानैदेखि बाटो मर्मतको कार्य भइरहेको छ। पूर्वतर्फबाट आउने सवारीलाई खुर्कोट र नेपालथोकमा तथा काठमाडौंतर्फ गइरहेका गाडीलाई भकुण्डेबेसीमा रोकिएको प्रहरीले जानकारी दिएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ