• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पूर्वी नवलपरासीमा गिरिबारी पुल भासियो, वैकल्पिक मार्गमार्फत सवारी सञ्चालन

    632
    SHARES

    नवलपरासी | पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोरमारास्थित गिरिबारी पुल भासिएपछि राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। सोमबार राति करिब १२ बजे १८ चक्के ट्रकले पुल पार गर्ने क्रममा पुल भासिएको हो।

    पुल भासिएपछि सडक पूर्णरूपमा बन्द भएको थियो। त्यसपछि तत्काल ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोगमा ल्याएर सवारी साधन सञ्चालन गराएको छ। प्रहरीका अनुसार पूर्वबाट पश्चिम जाँदा चोरमारा बजार हुँदै तम्सरिया, रानीटार, फूलबारी वा भिउरान मार्ग प्रयोग गर्न सकिनेछ।

    पश्चिमबाट पूर्व आउँदा पनि यही मार्ग उल्टो दिशाबाट प्रयोग गर्न सकिनेछ। तर, टेलरलगायत ठूला सवारीसाधनले भित्री सडकमा मोड लिन नसक्ने भएकाले उनीहरूलाई वैकल्पिक ठूलो मार्ग प्रयोग गर्न सुझाव दिइएको छ।

    यसअघि पनि २०८१ साल पुस महिनामा विनयी खोला पुल भाँचिएको थियो। त्यतिबेला ओभरलोड ट्रकका कारण पुल भत्किएको निष्कर्ष निकालिएको थियो। स्थानीयवासीले पटक–पटक यस्ता गाडीको नियन्त्रण र निगरानी गर्न माग गर्दै आएका छन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ