• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    आज बिहान पहिरोले जाँदा पृथ्वी राजमार्ग अवरुद्ध

    155
    SHARES

    काठमाडाैँ । आज बिहान  चितवनको इच्छाकामना गाउँपालिका ३ मौवाखोलामा  पहिरो खस्दा पृथ्वी राजमार्ग  अवरुद्ध भएको छ ।

    अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिएकी छन् । अहिले पहिरो पन्छाइरहेका ठाउँमा पानी परिरहेको र लेदो खसिरहेकाले सडक खुलाउन  अझैँ केही समय लाग्ने उनको भनाइ छ । 

    अहिले गन्तव्यमा हिँडेका सवारी साधन सडकमा नै रोकिएका छन् । सडक विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गमा बर्खा सुरु भएसँगै पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।

    प्रतिक्रिया