• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी अविनारायण काफ्ले नियुक्त

    305
    SHARES

    काठमाडौं । नेपाल प्रहरीले डीआईजी अविनारायण काफ्लेलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएको छ। प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डीआईजी काफ्लेलाई मंगलबारदेखि केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकिएको नेपाल प्रहरीले जनाएको छ।

    यसअघिका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेको सरुवा भएपछि काफ्लेलाई उक्त जिम्मेवारी दिइएको हो। हालै मात्र सरकारले पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवा गरेको थियो। बढुवापछि काफ्ले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका थिए।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ