• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नारावाजी गरेको भन्दै ट्रमा सेन्टरमा घाइते र मृतकका आफन्तमाथि प्रहरीद्वारा लाठीचार्ज

    196
    SHARES

    काठमाडौँ । जेनजीको भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा घाइते भएकाहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

    सेन्टरमा घाइते र मृतकका आफन्तहरूको भीड लागेको छ । उनीहरूले सेन्टरबाहिर नै प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका छन् । नाराबाजीपछि प्रहरीले उनीहरूमाथि लाठीचार्ज गरेको छ ।

    देशमा बढ्दो भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जालमा प्रतिबन्धको विरोधमा जेनजी पुस्ताले गरेको प्रदर्शनमा प्रहरीले दमन गरेपछि आन्दोलन उग्र बनेको थियो ।

    प्रदर्शनकारी र सुरक्षाकर्मीबिच भएको झडपमा परी देशभरका विभिन्न अस्पतालमा कम्तीमा १९ जनाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् । जसमध्ये ट्रमा सेन्टरमा मात्रै ८ जनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ