• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बौद्धमा अन्धाधुन्ध खुकुरी प्रहार गर्ने व्यक्ति भारतमा पक्राउ, काठमाडौं ल्याइयो

    205
    SHARES

    काठमाडौं । बौद्धको बाहुनाधारामा मोटरसाइकलमा सवार एक युवकमाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्ने समूहका तीन जनालाई भारतबाट पक्राउ परेर काठमाडौं ल्याइएको छ ।

    १२ साउनका राति राति करिब ९ बजेतिर नयाँबस्तीको डी क्याफेमा खाजा खाएर बाहिर निस्कँदै गर्दा मोटरसाइकलमा सवार जितबहादुर मोक्तानमाथि खुकुरी प्रहार भएको थियो । चार जनाको समूहले युवकको हात, ढाड, पेटमा खुकुरी प्रहार गरी फरार भएको थियो ।

    काभ्रेको रोशी गाउँपालिका १० घर भएका उनी गम्भीर घाइते भएका थिए । सोही घटनामा संलग्नहरुलाई भारतको दिल्लीबाट पक्राउ परेर काठमाडौं ल्याइएको स्रोतले बतायो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ