• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    सूचना प्रविधि विभागका महानिर्देशक पौड्यालले दिए राजीनामा

    35
    SHARES

    काठमाडौँ ।  सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले राजीनामा दिएका छन् ।

    सूचना प्रविधि प्राविधिक समूहका सहसचिवको रूपमा विभागको नेतृत्व गरिरहेका उनले राजीनामा दिएको मन्त्रालयको प्रशासन तथा योजना महाशाखाका प्रमुख कोशहरि निरौलाले पुष्टि गरे ।

    राजीनामामा उनले व्यक्तिगत तथा पारिवारिक कारणले सेवामा निरन्तरता दिन नसक्ने उल्लेख गरेको निरौलाको भनाइ छ । अहिलेसम्म सूचना प्रविधि प्राविधिकतर्फ सहसचिवभन्दा माथि बढुवा हुने ठाउँ छैन ।

    सरकारले ल्याएको निजामती सेवा विधेयकले यसअघि अतिरिक्त सचिव राख्ने व्यवस्था गरेकोमा यो क्लस्टर समेत समावेश हुने अपेक्षा गरिएको थियो ।

    तर, प्रतिनिधिसभाबाट पारित भएको अतिरिक्त सहसचिव राख्ने विधेयक राष्ट्रिय सभाले परिवर्तन गरेको छ । यसलाई प्रतिनिधिसभाले समेत स्वीकार गर्ने अवस्था देखिएको छ ।

    पौड्यालले व्यक्तिगत तथा पारिवारिक कारण भनेर राजीनामा दिए पनि अब बढुवा हुनसक्ने ठाउँ नरहेको र कुरेर बस्दा कुलिङ पिरियडले अप्ठ्यारोमा पार्ने देखिएकोले अहिल्यै राजीनामा दिएको हुनसक्ने मन्त्रालयका अधिकारीहरूको अनुमान छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ