• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    नारायणकाजी श्रेष्ठविरूद्ध अदालतको अवहेलना मुद्दामा सर्वोच्चले माग्यो लिखित जबाफ

    275
    SHARES

    काठमाडौँ । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग लिखित जबाफ मागेको छ। मंगलबार न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासले लिखित जबाफ माग्ने आदेश दिएको हो।

    श्रेष्ठविरूद्ध कानुनका विद्यार्थी आयुष दाहालले सोमबार सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए। भदौ ६ गते श्रेष्ठले सामाजिक सञ्जालमा गरेको एक पोष्टले अवहेलना गरेको आरोप छ।

    ‘अहिले न्यायालयको स्थिति यस्तो छ कि न्यायका लागि अदालत पुग्ने कुनै पनि नेपालीले आफ्नो सम्पर्क पहुँचद्वारा न्यायाधीशलाई भन्न, भनाउन वा भनसुन गर्न सक्दैन भने वा घुस खुवाउन सक्दैन भने न्याय पाउला भनेर आशा गर्न सकिने स्थिति छैन,’ श्रेष्ठले लेखेका थिए।

    त्यसमा प्रारम्भिक सुनुवाइ गर्दै अदालतले श्रेष्ठसँग लिखित जबाफ मागेको हो। निवेदकले श्रेष्ठलाई अदालतमै उपस्थित गराएर बयान लिन र सामाजिक सञ्जालबाट पोष्ट हटाउन समेत माग गरेका थिए।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ