• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    अञ्जान शाक्य संसदीय सुनुवाई संयुक्त समितिको सदस्यमा मनोनीत

    285
    SHARES

    काठमाडौँ । राष्ट्रिय सभाकी सांसद अञ्जान शाक्य संसदीय सुनुवाई संयुक्त समिति सदस्यमा मनोनित भएकी छन्।

    राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको समेत सदस्य रहेकी शाक्यलाई राष्ट्रिय सभाको बैठकले सदस्य मनोनयनका लागि सहमति जनाएपछि उक्त समितिको सदस्य बनेकी हुन्।

    बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को नियम २५ को उपनियम २ बमोजिम उनलाई संसदीय सुनुवाई संयुक्त समितिमा मनोनयनको प्रस्ताव पेस गरेका थिए।

    शाक्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट सांसद मनोनीत भएकी थिइन्। राष्ट्रिय सभाबाट उक्त समितिमा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगाना र नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्मा छन्। शाक्यसँगै अब संसदीय सुनुवाई संयुक्त समितिमा राष्ट्रिय सभाभा ३ जनाको प्रतिनिधित्व भएको छ।

    उक्त समितिमा प्रतिनिधिसभातर्फबाट माओवादीका जनार्दन शर्मा, कांग्रेसका जीवन परियार, रास्वपाका डोलप्रसाद अर्याल (डिपी), राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपति शमशेर राणा नेकपा (एमाले)का महेश बर्तौलालगायत सांसद छन्।

    संविधानको धारा २९२ को उपधारा (१) मा संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधान यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनुअघि संघीय कानून बमोजिम संसदीय सुनुवाई हुनेछ भन्ने व्यवस्था छ। समितिमा १५ जना सदस्य रहने प्रावधान छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ