• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    प्रधानमन्त्रीज्यू ! लिपुलेक नेपालको हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सिनु होला : बालेन शाह

    551
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको शुभकामना दिएका छन् ।

    शनिबार सामाजिक सुञ्जालमार्फत चीन भ्रमणको शुभकामना दिँदै उनले लिपुलेक नेपालको हो भन्ने कुरा चीनलाई सम्झाउन आग्रह गरेका छन् ।

    उनले नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले मुलुकको सार्वभौमिकता माथिको अतिक्रमण गरेको स्मरण गराएका छन् ।

    उनले लेखेका छन्– ‘चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यू । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकता माथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला ।’

    मेयर बालेनले यस विषयमा प्रधानमन्त्री ओलीमाथि पूर्ण विश्वास रहेको उल्लेख गर्दै ‘अल द बेस्ट’ भनेका छन् । उनले भने, ‘All the best हामीलाई तपाईं माथि पूर्ण विश्वास छ ।’

    प्रधानमन्त्री ओली चीनका राष्ट्र सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ