• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति समाचार

    विद्या भण्डारीलाई अध्यक्ष बनाउने ओलीको सहमति थियो तर चीन भ्रमणपछि के-के भयो: प्रचण्ड

    289
    SHARES

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराष्ट्रपतिलाई राजनीतिमा फर्कन संविधान र कानुनले नरोक्ने बताएका छन्।

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टीमा सक्रिय हुन सदस्यता नवीकरण गरे पनि साउनको केन्द्रीय कमिटी बैठकले उक्त सदस्यता खारेज गरिदिएको थियो। पूर्वराष्ट्रपति राजनीतिमा फर्कन नमिल्ने एमालेको निर्णय छ।

    ‘विश्वमा धेरै उदाहरण छन्- जो राष्ट्रपति, प्रधानमन्त्री भएपछि पनि राजनीतिमा फर्केका छन्। त्यतिमात्र होइन, राष्ट्रपति मेयर पनि भएका छन्,’ प्रचण्डले विराटनगरमा बिहीबार पत्रकारहरूसँग भने, ‘हाम्रो संविधान र ऐनले पनि राष्ट्रपतिलाई सक्रिय राजनीतिमा नआउनू भनेको पनि छैन।’

    माओवादीले विद्या भण्डारी राष्ट्रपति हुँदा दुई कार्यकाल उपराष्ट्रपति भएका नन्दबहादुर पुन ‘पासाङ’ लाई पार्टीमा सक्रिय गराएर उपाध्यक्षसमेत बनाइसकेको छ। पार्टीभित्र विरोधका बीच अध्यक्ष प्रचण्डले उपराष्ट्रपति भइसहेका पासाङलाई पार्टी पदाधिकारी बनाएका थिए। राष्ट्रपति तथा उपराष्ट्रपति भइसकेकालाई राजनीतिमा आउन मिल्दैन भनेर संविधान, ऐन र कानुनले नभनेको पनि अध्यक्ष प्रचण्डले बताए।

    ‘त्यसकारण यो कुतर्क मात्रै हो। विद्याजी अहिले सक्रिय राजनीतिमा आउनु चाहनुभएको छ। सदस्यता नवीकरण त्यो पार्टीको नेतृत्व केपी ओलीजीकै सहमतिमा नवीकरण भएको हो भन्नेकुरा अब त छर्लङ्ग भएको छ। चीन भ्रमण ओलीकै सहमतिले भएको हो, भोलि गएर अध्यक्ष बनाउने कुरा पनि उहाँहरूका बीचमा पहिला चलेको हो,’ प्रचण्डले भने, ‘तर पछि चीन भ्रमणमा गएर आएपछि सायद के के भयो उहाँहरूको म त्यता जान चाहन्न अहिले।’

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ