• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बिहीबार सुन प्रतितोला ४ सयले बढेर उच्च मूल्यमा पुग्यो, चाँदी पनि महँगियो

    299
    SHARES

    काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य थप बढेको छ। अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला चार सय रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    महासंघका अनुसार बिहीबार सुन प्रतितोला एक लाख ९९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला एक लाख ९९ हजार रूपैयाँमा कारोबार भएको थियो।

    सुनको मूल्य ऐतिहासिक उच्च स्तर नजिक पुगेको हो। यसअघि साउन २३ गते पनि प्रतितोला एक लाख ९९ हजार चार सय रूपैयाँमै कारोबार भएको थियो। त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि प्रतितोला दश रूपैयाँले बढेको छ।

    महासंघका अनुसार बुधबार प्रतितोला २३ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार २३ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३३ सय ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ