• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद समाचार

    सुरु भयो नेपाल प्रिमियर लिग, उद्घाटनमा जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य

    305
    SHARES

    काठमाडौं । आज (सोमबार)बाट नेपाली घरेलु क्रिकेटको ‘महाकुम्भ’ मानिने नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।

    मंसिर १ देखि २७ सम्म आयोजना हुने एनपीएलको दोस्रो संस्करणको पहिलो खेलमा काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्सबीच खेल भइरहेको छ ।

    उद्घाटन खेलमा बोल्टसले गोर्खाजलाई १३१ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले ६ विकेट गुमाएर १३० रन बनाएको हो ।

    जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रन बनाए । मयन यादवले ३४ र लाहिरु समारकूनले २२ रन बनाए । अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

    काठमान्डुका लागि मिलिन्द कुमारले ३ विकेट लिए भने सन्तोष यादव, साहबल आलम र करणा केसीले उक/एक विकेट लिए ।  रंगशालामा समर्थकहरू खचाखच भएसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ