• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मधेस प्रदेशका पाँच सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

    273
    SHARES

    काठमाडौँ । सर्वोच्च अदालतले मधेस प्रदेशका पाँच सांसदको पदमुक्त नगर्न आदेश जारी गरेको छ । मधेसका सभामुख रामचन्द्र मण्डलले गत कात्तिक २७ गते जसपाका ४ र नागरिक उन्मुक्तिका १ गरी पाँच सांसदलाई पदमुक्त गरेका थिए ।

    जसपाका सांसदहरू मनिष कुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार र सारदा शंकर साह कलबनर र नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला सिंहलाई पदमुक्त भएका थिए ।

    न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सोमबार मधेसका सभामुख मण्डललाई ती पाँच जना सांसदलाई तत्काल पदमुक्त नगर्न भनेको हो ।

    सभामुखको उक्त निर्णयविरुद्ध उनीहरूले सर्वोच्चमा रिट दायर गरेका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ