• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बिना परियार मृत्यु प्रकरण: श्रीमानसहित ३ जनाविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता

    48
    SHARES

    जाजरकोट । जाजरकोट जिल्ला नलगाड नगरपालिका–३ की २८ वर्षीय बिना परियारको भारतको हिमाञ्चन प्रदेशस्थित किनौर जिल्लाको खदरा गाउँमा मृत्यु भएको घटनामा उनका श्रीमान् हरि परियार तथा ससुरा हस्ते दमाई र सासू महिमा दमाईविरुद्ध कर्तव्यज्यान सम्बन्धी मुद्दा दर्ता भएको छ।

    पीडित परिवारले उनलाई मारिएको वा मर्न बाध्य बनाइएको दाबी गर्दै जिल्लामा उजुरी दिएपछि नेपालमा मुलुकी अपराध संहिता २०७४ को दफा २(३)(क) अनुसार जिल्ला प्रहरी कार्यालय जाजरकोटमा मुद्दा दर्ता भएको प्रहरी प्रशासनले पुष्टि गरेको छ।

    परिवार र स्थानीयका अनुसार बिना परियार विगत सात–आठ वर्षदेखि श्रीमान् हरि परियारबाट निरन्तर शारीरिक तथा मानसिक हिंसा झेल्दै आएकी थिइन्। दाइजो नल्याएको भन्दै पटक-पटक कुटपिट गर्ने, आएको दाइजो फिर्ता गर्न दवाब सिर्जना गर्ने, जबरजस्ती अप्राकृतिक शारीरिक सम्पर्क गराउनेजस्ता व्यवहार दोहोरिँदै आएको उनीहरूको आरोप छ।

    पीडित पक्षले बारम्बार कुटपिट गरी अंगभंग भएको, खुट्टा भाँचिएको, आँखामा गम्भीर चोट पुगेको भन्दै घटनाको केही समयअघि समेत श्रीमान हरी स्वयंले खाना नहालेको विषयमा झगडा भएको र त्यसपछि झुण्डिएको समेत अभिव्यक्ति दिएको उल्लेख गरिएको छ।

    जिल्ला प्रहरी कार्यालयले तीनै आरोपितलाई पक्राउ गरी २४ दिनदेखि अनुसन्धान गरिरहेको छ। अब उनीहरूलाई धरौटीमा रिहा गर्ने वा पूर्पक्षका लागि थुनामा पठाउने भन्ने निर्णय अदालतले गर्नेछ। तर घटना भारतमा भएको हुँदा पोस्टमार्टम रिपोर्ट र मुजुल्का भारतीय निकाय तथा दूतावासमार्फत प्राप्त नहुँदासम्म अनुसन्धान टुंगिने सम्भावना न्यून देखिएको सुरक्षा स्रोतहरू बताउँछन्। “कहिलेकाहीँ यस्ता कागजात आउन निकै ढिलो हुन्छ, कतिपय अवस्थामा नआउने पनि हुन्छ,” सुरक्षा अधिकारीहरूको भनाइ छ।

    स्थानीय पत्रकार तथा सञ्चारमाध्यमहरूले घटनालाई आवश्यक प्राथमिकतासहित नउठाएको भन्दै परिवारले दुख व्यक्त गरेका छन्। घटनामा महिला हिंसा, अन्तर्राष्ट्रिय छानबिन प्रक्रिया तथा न्यायिक ढिलाइजस्ता संवेदनशील मुद्दा जोडिएको हुँदा यसबारे उचित ध्यान नदिइएको उनीहरूको आरोप छ।

    पीडित परिवार न्यायको प्रतीक्षामा

    भारतमा मृत्यु भएको नेपाली नागरिकको केस भएकाले कानुनी जटिलता थपिएको परिवारको भनाइ छ। उनीहरूले “दोषीलाई कडाभन्दा कडा कारबाही” तथा छोरीको मृत्युबारे सत्यतथ्य उजागर गरिदिन राज्य संयन्त्रसँग माग गरेका छन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ