• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    २ घण्टा ढिलो गरी सुरु भयो कांग्रेसको कार्यसम्पादन समिति बैठक

    66
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक सुरु भएको छ । दिउँसो १ बजेका लागि ललितपुरको धोविघाटमा बोलाइएको बैठक २ घण्टा ढिलो गरी ३ बजेबाट सुरु भएको हो ।

    १ बजेबाट नेताहरू बैठकस्थलमा पुगेका भएपनि महामन्त्री गगन थापा नआएपछि बैठक सुरु हुन सकेको थिएन । पार्टीको १५ औँ महाधिवेशन कहिले गर्ने भन्ने टुङ्ग्याउन गत असोज २८ गतेबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक जारी छ ।

    केन्द्रीय समितिको कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए ।

    त्यसैदिन उनको कार्यतालिकालाई काउन्टर दिँदै सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्नुपर्ने कार्यतालिका पेस गरेका थिए ।

    थापाको कार्यतालिकालाई पार्टीभित्रको इतर समूहका नेताहरू र यादवको कार्यतालिकालाई संस्थापनका नेताहरूले केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दा समर्थन गरेपछि विवाद मिल्न सकेको छैन ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ