• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    थुनामा रहेका अहिराजको मिसिल झिकाउन सर्वोच्चको आदेश

    206
    SHARES

    काठमाडौँ । बलात्कार मुद्दामा थुनामा रहेका मधेसका पूर्वप्रदेश प्रमुख राजेश अहिराज भन्ने राजेश झाको मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ।

    शुक्रबार न्यायाधीशहरू कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले यस मुद्दाको मिसिल झिकाउने आदेश दिएको हो। अहिराजले आफूलाई पुर्पक्षमा राख्ने आदेश बदर गर्न माग गर्दै कात्तिक २३ गते सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

    यसअघि उनलाई उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र खडानन्द तिवारीको इजलासले थुनामै राख्ने आदेश गरेको थियो। उच्चले साउन १४ मा जिल्ला अदालत काठमाडौंकै आदेशलाई सदर गरेपछि अहिराज पुर्पक्षका लागि थुनामा पुगेका हुन्।

    यी दुबै मुद्दाविरूद्ध अहिराज सर्वोच्च पुगेका हुन्। बलात्कार आरोपमा अहिराज साउन ४ गते पक्राउ परेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंमा अहिराजविरूद्ध गत वर्ष माघ ३ गते जाहेरी दर्ता भएको थियो।

    जाहेरी दर्ता गरे पनि प्रहरीले अहिराजविरूद्ध अदालतबाट पक्राउ अनुमति लिएको थिएन। प्रहरीले चैत २५ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो।

    २०८१ जेठ ४ गते अहिराजले कोठामा कोही नभएको बेलामा पीडितमाथि पटकपटक बलात्कार गरेको आरोप छ। उक्त घटनापछि पनि कसैलाई बताएपछि मार्ने समेतको धम्की दिएको पीडितको भनाइ छ। अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख थिए।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ